प्रदेश 1

ट्राफिक ब्यवस्थापन, खानेपानी अनि शिक्षा र स्वास्थ्यको समग्र विकासको माग लिएर गृह र अर्थमन्त्रीसग धरानेको भेट

२ भदौ, काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ ले उक्त क्षेत्रको समग्र बिकासको लागि सिंहदरबारमा शक्ती केन्द्रहरुसँगको भेटघाट तीब्र पारेको छ । सरकार घटक दलहरुसहितले बिभिन्न मन्त्रीहरुसँग भेटघाट गर्दै विकासका बिभिन्न मागहरु राखेका छन् ।
नेपाल्ी काँग्रेसका नेता एबम् दलीय संयन्त्रका संयोजक किशोर राई, नेपाली काँग्रेसका सुनसरी क्षेत्र नम्बर-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओेवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जसपाका नगर अध्यक्ष ताजुव लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काँग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सीपी बजगाई रेहेको छ ।

प्रतिनिधि मण्डलमा पुर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महतो, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भिम राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काँग्रेसका नेताहरु डा. तुलसी गौतम, प्रेम राई, नेपाली काँग्रेस सुनसरी– काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्यलगायत पनि सहभागी थिए ।
धरानमा खानेपानी, बिजुली बत्ति, अस्पताल, ट्राफिकलगायतका समस्याहरु समाधानका लागि स्थानीय नेताहरुले धरान नगरपालीकानका स्वतन्त्र रुपमा बिजयी भएका हर्क साम्पाङसहितलाई साथमा लिएर शक्ती केन्द्रहरुसँग माग गरेका छन् ।यसअघि धराने समूहले साँस्कृति पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, स्वास्थ्य मन्त्री, बनमन्त्रीलयतसँग भेट गरिसकेको छ ।