प्रदेश 1

धरान–इटहरी सडक निर्माण तत्काल गर्न माग गर्दै तीनकुनेमा चक्काजाम

३ भदौ, धरान । धरान–इटहरी सडक निर्माणमा ढिलाई भएको भन्दै धरान नेपाल बसोबास बस्ती संरक्षण समाजले चक्काजाम गरेको छ ।
आज धेरै समय बित्दासम्म इटहरी धरानको सडक निर्माण नगरी जनतालाई दुःख दिएको भन्दै दर्जनौं स्थानीयले उक्त धरान उपमहानगरपालीकाको तीनकुनेमा बिरोध कार्यक्रम गरेका हुन् । संस्थाका अध्यक्ष कुमार कार्कीले दबाब दिनका लागि साँकेतिक बिरोध गरिएको जानकारी दिएका छन् ।
दैनिक दुर्घटनाहरु बढिरहेको र उक्त दुर्घटनाहरु बढ्नुमा धरान-इटहरी सडक निर्माण नहुनु मुख्य कारण रहेको बताउँदै अन्य निर्माणा कार्यहरुसँगै उक्त सडक निर्माणलाई तत्काल सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । ४१ दुर्घटना भएको भनिएको उक्त सडक ठेकेदारको लापरबाहीका कारण समयमा नै सम्पन्न हुन नसकेको बताईन्छ ।