प्रदेश 1

करेन्ट लागेर कामतको मृत्यु


१० भदौ, झापा । मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहान विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।