साहित्य

यस्पालिको तिजमा साँच्चै बबाल मच्चाउँ

रचना -यसोदा कार्की

०७९ सालको धेरै शुभकामना छ तिजको

तिज आयो गाउघरमा रमझम छ सबको

रातो गुनिउ, रातो चोली लगाउदै साथी

दिदी, बैनी, काकी, आमा उस्ता उस्तै भाकी।

गरिबलाइ माया गर्ने यो तिज बनोस

सानोठुलो भेदभाव हासी तोड्ने रहोस।

बस्त्र अनि गहनाको प्रदशनी छोड्दै

भातृत्व र मेलमिलाप को संगम स्थल बनोस।

चारै तिर झरी बादल सकिए जस्तै लाग्छ

जेल को चरी माथी माथी उडे जस्तै लाग्छ।

मानो रोपि मुरि फलाउने काम सकिएर होला

सुन साथी, तिम्रो खुसी मेरो खुसी उस्ता उस्तै लाछ ।

कोरोनाले गर्दा पोहोर परार त्यसै गयो

यस्पालिको तिजमा धक खोली नाच्दा भयो।

आउ नाचौ साथी संगि तिजको भाका गाउँ

यस्पालिको तिजमा साँच्चै बबाल मच्चाउँ ।

दिदीबहिनी मिलेर एक ठाउँ जम्मा हौला

माइती घरलाई सम्झेर त्यही दर खाउँला।

चोखो मनले व्रत राखी शिवजीलाई पुजा गरि

बर्ष दिनको तिजलाइ बिदा गरौं यसै गरि ।