खेलकुद

सन्दीप लामिछाने प्रक्राउको बिरोधमा यस्तो छ सर्बसाधारणको कडा प्रतिकृया

२० असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई एक १८ बर्षभन्दा मुनीकी किशोरीले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको अभियोगमा आज त्रिभूवन बिमानस्थलबाट पक्राउ गरेको छ ।
करिव एक महिना अगाडी नै प्रहरीमा उजुरी दिएको भएपनि लामिछाने क्रिकेट खेल्न बिदेश गएका कारण उनलाई नेपाल आएपछि पक्राउ गर्ने प्रहरीको योजनाअनुरुप उनलाई आज बिमानस्थलबाटै पक्राउ गरेको छ ।
लामिछानेलाई स्वास्थ्य परिक्षणपश्चात प्रहरीले अनुसंधानका लागि हिरासतमा राख्ने छ । लामिछानेलाई एक बानेश्वरको होस्टेलमा बस्ने किशोरीको जाहेरी अनुसारको बलात्कार अभियोग प्रमाणीत भएमा कानून नअनुसार कारबाही हुने छ ।
यसभन्दा अगाडी सन्दीप लामिछानेलाई बिमानस्थलमा हातकडी लगाएको, उनलाई होटरमा सहमतीमा गएर सहबास गरेको बिषयमा अनावश्यक कारबाही गरेको लगायतका बिषय उठाउँदै सर्बसाधारणले सामाजिक सञ्जालमा बिरोध गरेका छन् ।
जस्तै लेखु न्यौपानेले भनेका छन्ः

अनमोल केशि र प्रदीप खड्काको पालो कहिले ?
नेपालको बलात्कार सम्बन्धि कानुन सैद्धान्तिक रुपमा सहि होला तर बदलिँदो परिस्थिति सगै आधुनिकता तर्फ अग्रसर भै रहेको समाजको निम्ति यो कानुन ब्यवहारिक भए जस्तो लाग्दैन ! बलात्कार सम्बन्धि कानुनको केहि बुदाले गलत महिलालाई प्रशय दिई रहेकोे छ ! यदि यसरी नै मन मिल्दा चमत्कार, मन नमिल्दा बलात्कार हुने हो भने पल शाह र सन्दीप लामिछाने मात्रै हैन सेर बहादुर देउवा, प्रचण्ड, माधब नेपाल , केपि ओलि र बाबुराम भट्टराईको छोरा नाति हरुपनि ढिलो चाडो बलात्कार को मुद्दामा न फस्लान् भन्न सकिन्न ! तर देसमा ठुलो लाई चैन सानू लाई ऐन त हो !
आम मानिस माझ न्यायपालिका प्रतिको आस्था र बिश्वास लाई कायम राख्ने हो भने, नियम कानुन सैद्धान्तिक रुप बाट मात्रै हैन व्यवहारिक पक्ष बाट पनि चित्तबुझ्दो हुनुपर्छ ! यहाँ सहि महिलाको निम्ति निर्माण गरेको कानुन लाई गलत महिलाले प्रयोग गरेको प्रष्ट देखिन्छ ! यदि बलात्कारको मुद्दाको निश्चित हद म्याद तोक्ने र बलत्कृत महिला परिवारको सम्पर्कमा आएपछि स्वास्थ असहजता भएको निश्चित समय भित्र मुद्दा दायर गर्ने गरि कानुन परिमार्जन गर्न जरुरी देखिन्छ !
किनभने पल र सन्दीपको केसलाई हेर्दा नेपालको बलात्कार सम्बन्धि कानुन अव्यवहारिक देखिन्छ ! त्यसैले मन मिलेर प्यार भएको हो वा मन नमिल्दा बलात्कार भएको हो ! उक्त कार्यको झुठ र सत्य साबित गर्न अब १८ बर्स भन्दा कम उमेरको महिलाले राजिखुशी कुनै पुरुष सग शारीरिक सम्बन्ध गरेको खुल्न आए उनीहरुले पनि कानुनी कार्वाही भोग्नुपर्ने कानुन निर्माण गर्न जरुरी देखिन्छ ! नत्र Doctor देखि Contactor, हिरो देखि जिरो सम्म पालैपालो यो कानुनको भन्दामा पर्नेछन् ! त्यसैले पुरुषलाई मात्र होइन, हासी खुशी होटल र रेस्टुरा छिरेर मोजमस्ती गर्ने नावालिका लाई पनि कानुनी कार्वाही हुनुपर्छ ! जय देश ! जय नारी पुरुष !

विजय घिमिरे प्रश्न गर्दै भन्छन्ः

सन्दिपलाई प्रहरी थुनामा लिनु अर्कै कुरा तर हत्कडी लगाएर नेपाल प्रहरीले कस्तो पुरुशार्थ देखाएको हो ?


पत्रकार सुविन बिश्वकर्माको यस्तो छ सन्दीप पक्राउको बिषयमा भनाईः

सन्दीप लामिछानेले आत्मसमर्पण गरेका हुन्, प्रहरीले प्रकाउ गरेको भनेर फुइ लगाउन जरुरी थ्यो ? जाहेरी परेको त्यत्तिका दिनसम्म प्रकाउ गर्न नसक्ने प्रहरीले आज आरोपितले आत्मसमर्पण गरेपछि फुर्ती लगाउनु लाजमर्दो होइन ?
-सामान्यतया जाहेरी परिसकेपछी अभियुक्तलाई हत्कडी लगाउने चलन छ । यसको उदेश्य हुन्छ, ‘कुनै गम्भीर अपराध गरेको त्यो व्यक्ति नभागोस् ।’ यसमानेमा सन्दीपलाई हत्कडी लगाउन जरुरी देखिँदैन किनकी उनी कानूनलाई सघाउन नेपाल आएका हुन् ।
-सन्दीप यौन अपराधको आरोपित मात्र हुन् । त्यत्तिका धेरै प्रहरीहरू बिमानस्थलमा प्रकाउ गर्न गएछन् । लाजमर्दो १ उसोभा प्रहरीले निर्मला पन्त लगायतको हत्यारा पत्ता लगाउने सामर्थ्य किन राख्दैन ?
अन्त्यमा,
यी नितान्त निजि बिचार हुन् ! अजासु भएर कमेन्टमा पढाउन नआउनु होला !! धन्यवाद !
#justiceforvictim

नेपाली काँग्रेसकी नेतृसमेत रहेकी समाजसेवी अन्जना राईको यस्तो छ प्रतिकृयाः
नेपालको कानुन संसोधन हुन जरुरी छ। होटल मा बलात्कार हुन सक्दैन ।महिलाहरुले पनि अधिकारको दुरुपयोग होईन सदुपयोग गरौं ।


बिराटनगरका कलाकार, ब्यावशायी तथा समाजसेवी विनोद कुमार भट्टराईको फेसबुकमार्फत यस्तो छ आक्रोशः
मन्लागुन्जेल सहमति सहबास गर्ने अनि अरूले उचालेको भर्मा बलात्कार्को मुद्दाहाल्ने अनि राष्ट्रले चै सुन्नेबित्तिकै अपराधि भन्ने ? थुक्क खेल्कुदपरिषद !