गण्डकी प्रदेश

चिमखोलामा निःशुल्क दन्त उपचार शिविर

२ कात्तिक, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा निःशुल्क तीन दिने दन्त उपचार शिविरबाट करिब दुई सय जना लाभान्वित बनेका छन् ।

हिमालयन परियोजना नेपालको आयोजनामा सञ्चालित शिविरमा एक सय ९७ जनाले दाँतको उपचार सेवा लिएका हुन् ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा दाँतसम्बन्धी समस्या भएर उपचार गराउन नसकेका स्थानीयवासी लाभाविन्त बनेको वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए । शिविरमा बेल्जियमका विशेषज्ञ डाक्टर जेन बेल्जियमसहित शर्मिला पुन, ससिना पुर्जा, सम्झना थापासहित स्वास्थ्यकर्मीको टोलीले दाँत परीक्षण र उपचार सेवा प्रदान गरेका थिए ।