गण्डकी प्रदेश

प्रधानमन्त्री देउवा पोखरामा

३ कात्तिक, गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आएका हुन् ।

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन् । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।