साहित्य

मड रिभर

**
दुईहजारको नोटले के दिन सक्छ ?
मासु भात खानेलाई छाक टार्न सक्छ?
महिना दिन औलागन्नेलाई एककोठाको बहाल तिर्न पुग्छ ?
दिन त दियौ दुईहजारको नोट
जुन प्रेम दर्शाएर,
भर जुनी लाएर लाएको गुन दुईहजारले तिर्न सक्छ ?
#रुपैयाँ भरको प्याला पिएर
बुँईगलमा आफूलाई तताउनेहरु
कर्कश रस्मिलाई अंगालोहालेर दिनभरि डवलीमा आफूलाई सुताउनेहरु,
उ, हेर त धेरै छन तेस्ता पात्रहरु
खोज र देउ तिम्रो दुईहजारका नोटहरु।
* मैले मागेर होईन
मेरो आवस्यक्ता पनि होईन,
फेरिपनि हत्केलामा चेपेर बालुवाका कणहरु
तिमीले दिएको दुईहजारका नोटहरु.
*सोचमा निमग्न लखर लखर एक्लै मासांङ गल्लिहरुमा…
जो भेटिएकाछनसतिनलाई सुम्सुम्याउँदै-
पिलाएर स्वादहरुको प्याला
तृप्तिको उत्सव मनमउँ कि कसो…?
उठ-उठ स्वाट्ट पिउ मदहरु
आजै रित्याउ,
आहा ! रित्तो रित्तो रित्तिएर घर फिरौं कि कसो ?
*पिउने पिलाउने रस भरिलो प्याला
बनेर अराजक लडिबुडि खेल्न मन छ
आज यिनैसंग पिएर साधिन मन छ।
दुईहजारको नोटलाई रातभरि जगाउन मन छ।
*तिमीले जो दियौ दुईहजारको नोट
दुईहजारको नोटले के के गर्ने होला ?
खै, भरिन्छ कि आज रातभरिको झोला।