अन्तर्राष्ट्रिय

शिवसेना नेताको हत्या

१८ कात्तिक, अमृतसर । शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या गरिएको छ।

अमृतसरको गोपाल मन्दिर नजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो। प्रहरीले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितबाट हतियार समेत बरामद गरेको अमृतसरका प्रहरी आयुक्त अरुण पाल सिंहले जनाएका छन् । घटना बारे थप अनुसन्धान जारी छ।