राजनीति

राम्रोसँग सरकार संचालन गर्न सके आगामी निर्बाचनमा काँग्रेसको बहुमत कन्फर्म: गगन थापा

२० मंसिर, बिराटनगर। नेपाली काँग्रेसका महामन्त्री गगगन कुमार थापाले राम्रोसंग सरकार चलाउन सके अर्को निर्बाचनमा काँग्रेसले २७ प्रतिशतबाट ४० प्रतिशत मत ल्याउन सक्ने बताएका छन् ।
काँग्रेस नेता घिमिरेद्वारी लिखिर बाटो बिराएको राजनीति पुस्तक बिमोचन कार्यक्रममा प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा बोल्दै ‘कांग्रेसले यसपटक सही ढंगले सरकार चलाएर देखाउन सक्यो भने लाखौं गुमाएको मत कांग्रेसमै फर्किन्छ, नयाँ मतदाताले पनि पनि कांग्रेसलाई आउँछ, आउँदो चुनावमा कांग्रेस २७ प्रतिशतबाट ४० प्रतिशतको पार्टी बन्छ, काँग्रेसले बहुमत ल्याउँछ ।’ भनेका छन् ।
उनले आफुहरु डा शेखर कोईरालाको समूहमा बसेरै काम गर्ने संकेत गर्दै ब्यापक सुधारका लागि सभापति शेरबहादुर देउवासँग समूहका तर्फबाट कुरा गर्ने बताएका छन् । उनले भनेका छन्, ‘‘डा. शेखर कोइराला जो सँग पार्टीको महाधिवेशनमा विचार र शैलीका कारणले गर्दा एक ठाउँमा उभियौं, पार्टीलाई नयाँ ढंगले हाँक्न सक्नुहुन्छ भन्ने कारणले उभियौं, हाम्रो विश्वास रत्तिभर पनि डगमगाएको छैन, हामी उहाँकै नेतृत्वमा, उहाँसँगै एकै ठाउँ रहेर सभापतिसँग कुराकानी गर्छौ, पार्टीभित्र व्यापक सुधारका एजेण्डाहरु ल्याउँछौं ।’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाइतरपक्षबाट महामनत्रीमा लडेर भारी मतले बिजयी भएका महामन्त्री गगन थापा र बरिष्ठ नेता शेखर कोईराला दुबै प्रधानमन्त्रीका लागि लागिरहेका भन्ने समाचार आईरहेका बेला र गगन थापाले शेखर समूह छाड्ने अनुमान डिडियाहरुमा आईरहेका बेला महामन्त्री थापाले आफूहरु बिचारलाई थप मजबुत बनाउँदै उही समूहबाट अगाडी बढ्ने बताएका थिए ।
बरिष्ठ नेता डा शेखर कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँग्रेस नेताहरु डा चन्द्र भण्डारी, एनपी साउदलगायत बिशिष्ट ब्यक्तीत्वहरुको उपस्थिति थियो ।