राजनीति

समानुपातीकसहितको मतः काँग्रेस ८९ सीट सहित पहिलो पार्टी, रबि बने २० सीटसहित चौथो

२१ मङ्सिर, काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ ।

दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातै वटा प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिश गर्न पत्र पठाइएको हो । थ्रेस होल्ट कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेकामध्येबाट नाम सिफारिस गर्नुपर्नेछ ।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समानुपातीकमा नेकपा एमालेले ३४ सीट र प्रत्यक्ष ४४ सीट जोड्दा ७८ सीट प्राप्त गरेकोछ, नेपाली काँग्रेसले ३२ सीटसहित प्रत्यक्ष ५७ जोड्दा ८९ सीट प्राप्त गरेको छ, यस्तै तेस्रो पार्टीका रुपमा १८ सीट प्रत्यक्षमा र १४ सीट समानुपातीकमा प्राप्त गरी ३२ सीटसहित नेकपा माओबादी केन्द्र रहेको छ ।
प्रत्यक्षमा ७ सीट र समानुपातीकमा १३ सीट प्राप्त गरी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो पार्टीको रुपमा स्थापीत गरेको छ । राप्रपाले प्रत्यक्षमा ७ सीट जित्दै समानुपातीकमा पनि ७ सीट कायम गरी जम्मा १४ सीट सुरक्षीत गर्दै पाँचौ पार्टी बनेको छ । यस्तै जनता समाजबादी पार्टीले प्रत्यक्षमा ७ ल्याएको र समानुपातीकमा ५ ल्याएपछि जम्मा १२ सीट ल्याएको अवस्था छ यस्तै जनमत पार्टीले प्रत्यक्षमा १ सीट ल्याएपनि समानुपातीकमा ५ सीट ल्याउँदै ६ साँसद बनाउन सफल भएका छन् ।
नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजबादी पार्टीले प्रत्यक्षमा १० सीट ल्याएपनि समानुपातीकमा थ्रेसहोल्ड कटाउन नसकेका कारण राष्ट्रिय पार्टी बन्न सकेन । यसअघि राष्ट्रिय पार्टी बनेको लोसपाले पनि प्रत्यक्षमा ४ सीट जितेपनि समानुपातीकमा नआएका कारण राष्ट्रिय पार्टी बन्न सकेन । सात वटा पार्टीलेमात्र राष्ट्रिय पार्टी बन्ने मौका पाएका छन् ।