राजनीति

अरु हल्लामात्र हुन्, अबको प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै होः नेता गच्छदार

२२ मंसिर, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिजय कुमार गच्छदारले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने बताएका छन् ।
उनले जनता समाजबादी पार्टीले नेकपा एमालेको सुर्य चिँहमा मतदान गरेका कारण आफु पराजीत हुनुपरेको स्पष्ट गर्दै अब अस्थीरता शुरु भएको हो कि भन्ने आफुलाई भान भएको बताए ।
नेता गच्छदारले खब स्थिरताका लागि नेपाली काँग्रेस र नेकपा एमाले जस्ता ठूला पार्टी मिलेर सरकार बनाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै यसका लागि आफु काठमाडौं र्गपछि काँग्रेस र एमालेका नेताहरुसँग छलफल गरेर अगाडी बढ्ने बिचार ब्यक्त गरे ।
एमालेकी भगवती चौधरीसँग पराजीत भएका नेता गच्छदारले काँग्रेस र एमाले मिलेर सरकार निर्माण गरे केही भएपनि स्थीरता कायम हुने बिचार ब्यक्त गरेका छन् ।
०४८ सालदेखी कहिल्यै निर्बाचनमा पराजीत नभएका नेता गच्छादार यसपटक भने भारती मतान्तरले एमालेसँग पराजीत भएका थिए ।
उनले शेरबहादुर देउवाले नचाहेमा अन्य कुनैपनि ब्यक्तीम पुस्तान्तरण हुने भन्ने हल्ला र नहुने कुरामात्र भएको दाबी गरेका छन् ।