राजनीति

काँग्रेसले यस्ता छान्यो २९ महिलासहित ३२ जना समानुपातीक साँसद

२४ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो भागमा परेका ३२ प्रतिनिधि सभा समानुपातीक साँसदहरुको सूची टुंग्याएको छ ।
पार्टीको आज काठमाडौंमा बसेको बैठकले आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम, सीता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन गरी आठ जनाको नाम सिफारिस गरेको छ ।
यस्तै खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की गरी नौ जना रहेका छन् ।
यस्तै मधेसीतर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, निनुकुमारी कर्ण गरी पाँच जना परेका छन् ।
यस्तै दलिततर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक गरी चार जना रहेका छन् ।
​थारुतर्फ कल्पना चौधरी, विना कुमारी थनेत दुईजना अनि मुस्लिमतर्फ जावेदा खातुन जागा एक जना रहेका छन् । पार्टीले महिला आरक्षीतलाई छुट्याएर रहेका तीनजनामा निकैबेरको छलफलपछि पुरुषबाट जीवन परियार, विमलेन्द्र निधि, प्रकाश शरण महतको नाम छानेको छ ।