राजनीति

मनोनीत जिल्ला सदस्य र बिभागीय प्रमुखहरु आजबाट पदमुक्त, अन्तरघातीको नाम पठाउन आग्रह

२६ मंसिर, काठमाडौं । नेपाली काँग्रेस जील्ला कार्यसमितिमा १४ औं महाधिवेशनपछि भएका सबै जिल्ला कार्यसमिति सदस्य तथा बिभागीत प्रमुखहरुलाइ निलम्बन गरिएको छ ।
जिल्ल सदस्यहरु धेरै मनोनित गरेको, पार्टीमा योगदान नगरेकाहरुलाई पनि उक्त जिल् ला कार्यसमितिमा ल्याईएकोलगायतका आरोप लागेको बेला जिल्ला सभापति केदार भण्डारीले सबै मनोनीत जील्ला सदस्यहरु हटाएर बिघटन गरेका छन् ।
उनले एक बिज्ञप्ती जारी गर्दै निर्बाचनमा काँग्रेसलाई बिजय गराउन भूमिका खेलेकोमा सबैलाई धन्यबाद दिँदै जिल्ला सदस्यहरुलाई हटाएको बताएका छन् ।
१४ औं महाधिवेशनमा सभापतिमा बिजय भएका काँग्रेसका युवा नेता, अधिवक्ता तथा इनरुवा नगरपालीकाका मेयर भण्डारीले मंसिर ४ गतेको पार्टीको आम निर्बाचनपछि मनोनीत गरिएको जिल्ला सदस्यहरुलाई हटाउने अनुमान जिल्ला स्तरका नेताहरुले लगाउने गरेका थिए ।
पार्टीले पार्टीका आधिकारीक उम्मेद्वारलाई अन्तरघात गरी पार्टी हराउनेलाई कारबाहीका लागि सिफारिस गर्न, महासमितिको गठन पुष मसान्तभित्र गर्न पनि मातहतका क्षेत्रीय समितिलाई निर्देशन गरेको छ ।