आर्थिक

सानिमा बैंक र SMALL WORLD बिच रेमिट्यान्स सम्झौता

७ पुस, काठमाडौं । सानिमा बैंक लिमिटेड र Small World Financial Services बिच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ ।
युरोपबाट रेमिट्यान्स पठाउन Small World को आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजार भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिनेछ । साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन Real Time मा रकम जम्मा गर्न सकिनेछ ।
सानिमा बै‌कको रेमिट्यान्स मार्फत यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । साथै, सानिमा बै‌कले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।