आर्थिक

आउटरिचले भारतमा रच्यो इतिहास, जित्यो फ्लेम अवार्डस् एशिया २०२२ मा सर्वाधिक अवार्ड

८ पुस, काठमाडौं । आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको अवार्डमा फ्लेम अवार्डस् एशिया २०२२ को ११ स्वर्ण र १ रजत अवार्ड हात पार्न सफल भएको छ । रुरल मार्केटिङ एसोशिएसन अफ इन्डियाको १२ औं संस्करणको मुख्य कार्यक्रम फ्लेम अवार्डस् एशिया २०२२ को आयोजना नयाँ दिल्ली स्थित ताज भिभान्तमा डिसेम्बर १७ तारिखमा गरिएको थियो ।

यस संस्करणको निर्णायक मण्डलको अध्यक्षता म्याडिसन वल्र्डका संस्थापक अध्यक्ष साम बल्साराले गरेका थिए । निर्णायक मण्डलका अन्य सदस्यहरुमा व्यवसायिक घरानाका अग्रणीहरु, ब्राण्ड संरक्षकहरु, बजार प्रवद्र्धकहरु, सञ्चार/विज्ञापन क्षेत्रका दक्ष विज्ञहरु र सम्बद्ध क्षेत्रका जानकारहरु रहेका थिए । अन्सर््ट एण्ड योङ्गद्वारा एन्ट्रीहरुलाई आधिकारिक रुपमा तालिकाबद्ध गरिएको थियो ।

लेमनले १ स्वर्ण, १ रजत र १ काँस्य अवार्ड जित्न सफल भएको छ भने डिजिटल इनले ३ रजत अवार्ड जितेकोे छ । त्यसैगरी अन्य भारतीय एजेन्सीहरुले पनि विभिन्न अवार्डहरु जित्न सफल भए ।

सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डस्ले भारत र एशियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजनाहरुलाई सम्मान प्रदान गर्ने गर्दछ । फ्लेम अवार्डस् एशिया आज सबैभन्दा प्रतिष्ठित पुरस्कारहरु मध्येको एक भैसकेको छ ।

आयोजक संस्था रुरल मार्केटिङ एसोशिएसन अफ इन्डिया ग्रामीण बजारीकरणलाई सृदृढ गर्न र अघि बढाउन समर्पित एक संस्था हो ।