समाचार

राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’

८ पौस, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका हुन् । सो पुरस्कारको राशि रु एक लाख सहित सम्मानपत्र रहेको छ ।

नेपाल पत्रकार महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले अध्यक्ष झालाई सो पुरस्कार प्रदान गरिन् । नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्षसमेत रहेका उनलाई लामो समय पत्रकारिता, सूचना तथा सञ्चारका क्षेत्रमा योगदान पु¥याएको भन्दै महासङ्घले सम्मान गरेको हो ।

साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष खिल भण्डारीलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरिएको छ । त्यस्तै, सुर्खेतका माया थापा रु २० हजार राशि प्रमाणपत्रसहित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । साधारणसभा करिब दुई दर्जन पत्रकार तथा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।