सामाजिक सञ्जाल

काँग्रेसले लिएको राजनीतिक अडान ठिक छ र पार्टीको दीर्घकालीन हितमा छः कल्याण गुरुगं

१० पौस, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुगंले देश भित्र र बिदेशमा रहनु भएका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक कसैले पनि सानो चित्त गर्नु पर्ने वा निराश हुनु पर्ने कुनै कारण छैन, गल्ती नेपाली काँग्रेसको होईन, समयले चाँडै प्रष्ट पार्नेछ भनेका छन् ।
उनले ट्वीट गर्दै काँग्रेसले माओबादी केन्द्रसग गठबन्धन तोडेको ठीक भएको भन्दै समयले यसको पुष्टी गर्ने भन्दै थपेका छन्, ‘गल्ती नेपाली काँग्रेसको होईन । समयले चाँडै प्रष्ट पार्नेछ ।’

नेता गुरुगंको ट्वीटः नेपाली काँग्रेसले लिएको राजनीतिक अडान ठिक छ र पार्टीको दीर्घकालीन हितमा छ । देश भित्र र बिदेशमा रहनु भएका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक कसैले पनि सानो चित्त गर्नु पर्ने वा निराश हुनु पर्ने कुनै कारण छैन ।
गल्ती नेपाली काँग्रेसको होईन । समयले चाँडै प्रष्ट पार्नेछ ।