अन्तर्राष्ट्रिय

युगान्डामा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु, कैयौं घाइते

१७ पुस, युगाण्डा । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।
प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए । ऊक्त घटना मध्यरातमा भएको थियो । कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो ।
ूप्रदर्शन समाप्त भएपछि, भागदौड मच्चिएको र तत्कालै पाँच जनाको तत्काल मृत्य भएको थियो भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।