अन्तर्राष्ट्रिय

कङ्गोमा इबोलाको प्रकोप उच्च सङ्क्रमीतको सङ्ख्या दुई हजार नाघ्यो – डब्ल्यूएचओ

१ साउन, काठमाडौं ।  लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोप उच्च भएको चेतावनी दिदै दुई हजार १०० जनामा सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ ।

जेनेभामा आयोजित पत्रकारहरुसँको साक्षातकारमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सक्रिय सशस्त्र द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रहरूमा उपचारको पहुँचमा बाधा पुगेको र प्रतिक्रिया अपरेसनको प्रभावकारितालाई सीमित पारेको बताएका छन् ।

निगरानी, उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरु भए ता पनि रोगको उच्च प्रकोपले नियन्त्रण प्रतिक्रिया तथा प्रयासहरूलाई पछाडि पार्दै गएको उनले चेतावनी दिएका छन् ।

नियन्त्रण तथा रोकथामको प्रयासको बावजुद, डीआरसीमा इबोला प्रकोपले इटुरी प्रान्तको उपचार केन्द्र र प्रकोपको केन्द्रबिन्दुमा यस हप्ताको सुरुमा उच्च दर कायम गरेको उनले प्रष्ट पारेका छन्।

डीआरसी स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदनका अनुसार देशमा सङ्क्रमणका कारण ८२८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या दुई हजार १२४ जना पुगेको छ ।

अधिकारीहरुका अनुसार बुन्डिबुग्यो इबोला भाइरसको प्रकोप हाल सम्म इटुरी, उत्तरी किवु, दक्षिण किवु, हाट–उले र सोपा गरी पाँच वटा प्रान्तहरूमा फैलिएको जनाइएको छ ।

पुष्टि भएका सङ्क्रमणहरू मध्ये लगभग ९० प्रतिशत इटुरी प्रान्तमा भएको जनाइएको छ । महागीको सीमा स्वास्थ्य क्षेत्रमा सङ्क्रमण पुष्टि भएकाले छिमेकी युगान्डामा सम्भावित सीमापार सङ्क्रमण बारे चिन्ता बढाएको जनाइएको छ ।

टेड्रोसले कङगो सरकारले मे –१५ मा आधिकारिक रूपमा महामारी घोषणा गरेको दुई महिना पुरा भइसकेको बताएका छन् । त्यस अवधिमा, प्रकोप उत्तरपूर्वी कङ्गोको क्षेत्रबाट तेस्रो–सबै भन्दा ठुलो इबोला प्रकोप विस्तार भएको जनाइएको छ ।

“गत महिना देखि यो प्रकोप अघिल्लो प्रकोप भन्दा तीव्र गतिमा फैलिएको जनाइएको छ ।

टेड्रोसले इटुरीमा भएको तीव्र सङ्क्रमण सबै भन्दा ठुलो चिन्ताको विषय बनेको बताएका छन् । नयाँ पत्ता लागेको सङ्क्रमणहरु मध्ये ८० प्रतिशत भन्दा बढी सम्पर्क सूचीसँग नजोडिएको र महत्त्वपूर्ण प्रसारण प्रकियाहरू पत्ता नलागेको जनाइएको छ । लगभग दुई तिहाइ सङ्क्रमितको मृत्यु समुदायमै बिरामीहरू स्वास्थ्य सुविधाहरूमा पुग्नु अघि हुने गरेको जनाइएको छ ।

पछिल्लो समयमा प्रतिक्रिया क्षमता विस्तार गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ भने डब्ल्यूएचओका अनुसार उपचार क्षमता अहिले ८०० वटा बेड भन्दा बढी पुगेको छ । प्रयोगशाला पूर्वाधार प्रकोपको सुरुवातमा एकल सुविधा बाट प्रभावित क्षेत्रहरूमा १६ वटा प्रयोगशालाहरूमा बढेको छ ।

डीआरसीको प्रतिवेदनले जुलाई –१५ सम्म ७२५ जना बिरामीहरू सम्पर्कमा रहेको र अस्पतालमा भर्ना भएको र अन्य ३९० जना निको भएको देखाएको छ ।

यस अघि नै कङ्क्रमित बिरामीहरूको उपचारको मूल्याङ्कन गर्न, एन्टिबडी एमबीपी–१३४ र एन्टिभाइरल रेम्डेसिभिरको व्यक्तिगत रूपमा र संयोजनमा मूल्याङ्कन गर्न डब्ल्यूएचओ समर्थित परीक्षण, जुलाई –२ मा डीआरसीमा सुरु गरिएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप गत सोमबार देखि सुरु भएको छ भने कङ्गो नेसनल इन्स्टिच्युट फर बायोमेडिकल रिसर्चको नेतृत्वमा छुट्टै अध्ययन मङ्गलबार सुरु भएको जनाइएको छ ।

डब्ल्यूएचओ प्रमुखले थप अन्तर्राष्ट्रिय समर्थनका लागि पनि अपिल गर्दै संयुक्त डब्ल्यूएचओ–अफ्रिका सीडीसी कन्टिनेन्टल प्रिपेयर्डनेस र रेस्पोन्स प्लानले कोष अभावको सामना गरिरहेको चेतावनी दिएका छन् ।

यो प्रक्रिया परोपकार नभई यो राष्ट्रिय सुरक्षामा गरिएको लगानी भएको टेड्रोसले बताएका छन्

यसैबीच, सीमापार सङ्क्रमणसँग जोडिएको युगान्डाको प्रकोप समाप्तिको नजिक पुगेको टेड्रोसले उल्लेख गरेका छन् । देशमा पछिल्लो समयमा पुष्टि भएको इबोला बिरामीलाई हेरचाहबाट डिस्चार्ज गरिएको थियो । युगान्डाले हालको घटनाबाट दुई जनाको मृत्यु सहित २० जनामा सङ्क्रमण पुष्टि भएका घटनाहरू रेकर्ड गरेको जनाइएको छ ।

यद्यपि, युगान्डा र दक्षिण सुडानसँग मानिसहरुकोे आवागमन, असुरक्षात्मक गतिविधि र सीमापार आदान–प्रदानले सङ्क्रमणलाई सहज बनाउने प्रतिवेदनले जनाएको छ ।