अन्तर्राष्ट्रिय

रुसद्वारा चीनको कोभिड–१९ नीतिको स्वागत

२९ पौस, मस्को । रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड–१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मकरूपमा लिएको छ ।
रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै दुई देशका बहुपक्षीय एवं व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको छ।
मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो साप्ताहिक ब्रीफिङमा चीनको आर्थिक विकासको सम्भाव्यताको समायोजनपछिको प्रश्नको जवाफ दिँदै भनेका छन् ‘हामी रुसी–चिनियाँ व्यापार र आर्थिक सहयोगको थप प्रगाढताका साथै हाम्रा देशका जनताबीचको समन्वयित विभिन्न विषयको आदानप्रदानको पुनः शुरुवात सुनिश्चित गर्न चाहान्छौँ ।’