३ माघ, काठमाडौँ । नेकपा एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री र बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी रहेको बताईएको छ, एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ, अन्य बिना बिभागीय मन्त्रीमा भगवती चौधरी र हरि उप्रतीलाई छानेका छन् छन् । मन्त्रालय भने छलफलपछि टुंगिने जनाईएको छ । । त्यस्तै माओबादी केन्द्रबाट माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने पक्का भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) रहेका छन् । उपप्रधान तथा गृहमन्त्री बनिसकेका रबि लामिछानेले स्वास्थ्य राजय मन्त्रीमा डा टोसिमा कार्कीलाई पठाउने निर्णय सुनाएका छन् । यसअघि उपसभामुखमा पठाउने तयारी गरिएको थियो ।
यसैगरी राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री, ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न लागेका छन्। अर्का एक मन्त्री पनि राप्रपाले पाउनेछ ।
पौस ११ गगे तीन उपप्रधानसहित सानो मन्त्रीपरिषद बिस्तार गरेका प्रधानमन्त्री पुस्पकमल दहालले पुनः मन्त्रीपरिसद बिस्तार गर्न लागेका हुन् । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले भने मन्त्रीपरिसद पुनःगठन गर्दा पुनबिचार नगरिए जसपा सरकारमा नजाने बताएका छन् । सरकारलाई बिस्वासको मत दिएको जसपाले सरकारलाई दिएको बिश्वासको मत भने फिर्ता लिन्छ कि लिन्न त्यो भने हेर्न बाँकी नै छ ।





