समाचार

सभामुख निर्बाचनः काँग्रेस बैठक पठाउला त सत्तारुढ गठबन्धनको सहमतीमा आफ्नो उम्मेद्वार ?

४ माघ, काठमाडौं । नेपाली काँग्रेसले सभामुख निर्बाचनबारे छलफल गर्न सभापति शेरबहादुर देउवा निवासमा आन्तरिक छलफल राखेको छ ।
आज सभामुखको मनोनयन गर्नुपर्नेभएकोले काँग्रेसले छलफल राखेको हो । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्ताबाहिर हुनुपरेको बेला सभामुखमा काँग्रेसलाई भाग दिने प्रधानमन्त्री निकटले संकेत दिएपछि काँग्रेस लचक भएको भनिएको छ ।

प्रमुख प्रतिपक्षी दलको हैशियत गुमाएको भन्ने तर्क राजनीतिक बजारमा छाईरहेका बेला सभामुखमा आफ्नो पार्टीबाट पठाएमा काँग्रेसलाई नैतिक संकट आउन सक्ने अनुमानसमेत लगाउछन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नै हुन्छ भन्ने अनि सरकारको समर्थनमा साँसदहरुलाई प्रश्न गरिरहेका बेला देउवाले यस बिषयमा कस्तो निर्णय गर्न बैठक बोलाएका हुन् त्यो केही बेरमा हेर्न सकिन्छ । सत्तारुढ गठबन्धनको सहयोगमा सभामुख बनाउन आफ्नो उम्मेद्वार दिए देउवाको आलोचना बढ्ने अनुमान चैं राजनीतिकबृतमा लागिसकेको छ ।