उर्जा

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

६ माघ, काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.३९ करोड ५० लाख रकम बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् । दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।