तस्विरहरु

यसरी रमाईलोगरी मनाइयो सोनाम ल्होसार (तस्विरहरु)

९ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आईतबार चैत्य एवं गुठीमा पूजा आराधनासहित सांस्कृतिक झाँकी र नाचगान गरी मनाइएको छ ।

राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्र एवं तामाङ समुदायको बाहुल्यता रहेका स्थानमा सोनाम ल्होसार मनाउने गरिन्छ । यस अवसरमा बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको पनि भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । यस अवसरमा बौद्ध क्षेत्रमा शान्ति पदयात्रासहित सांस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाइएको छ ।

स्वयम्भू क्षेत्रमा शान्ति पदयात्रा, चैत्य, गुम्बा र गुठीमा पूजा आराधना गरी सोनाम ल्होसार पर्व मनाइएको स्थानीय रामबहादुर लामाले सुनाए । मञ्जुश्री पात्रोअनुसार आईतबारदेखि २८५९ औँ वर्ष सुरु भएको छ । आईतबारदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्ष सुरु भएको छ । यस वर्षलाई समुदाय विशेषले खरायो वर्ष पनि भन्ने गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइएको छ । यस अवसरमा २०७७ सम्म काटिएको सार्वजनिक बिदा गत वर्षदेखि फेरि सरकारले दिन थालेको छ । सोनाम ल्होसारमा खाचिएका बिभिन्न तस्विरहरु: