अन्तर्राष्ट्रिय

क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते

१० माघ, नयाँदिल्ली । दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।
तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा सो दर्घटना भएको हो ।
दुर्घटना हुँदा आठ जना भक्तजनहरु माला लिन क्रेनमा सवार रहेको बुझिएको छ ।
ूहिजो राती द्रौपति मन्दिरमा भक्तहरूबाट मूर्ति बोक्न र फूलको माला लिनको लागि तयार पारिएको क्रेन अचानक दुर्घटना भएको थियो। सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र थुप्रै भक्तजन घाइते भएका थिए,ू प्रहरी अधिकारीले बताएका छन् । घाईते मध्ये थप एक जनाको आज बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र मृतकको संख्या चार पुगेको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब एक हजार पाँच सय मानिस उपस्थित थिए।