समाचार

पटक पटक सरेको कांग्रेस बैठक यसपटक अनिश्चित कालका लागि स्थगित

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ ।

निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ष्सभन्दा अगाडी पनि पटक पटक सरेको केन्द्रीय समिति बैठक यसपटक भने अनिश्चित कालका लागि सरेको छ ।