समाचार

सूचनाको हकसम्बन्धी प्रधानमन्त्रीसँग छलफल हुँदै

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमवार) सूचनाको हकसम्बन्धी विषयमा सरोकारवाला पक्षहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

सूचना वर्गीकरण समितिले कुन सूचना दिने र कुन नदिने भन्ने सम्बन्धमा गरेको निर्णयका सम्बन्धमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो । गत पुस १० गते दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सूचना वर्गीकरण समितिले गत पुस १२ गते कुन सूचना दिने वा नदिने भनेर निर्णय गरेको थियो । सम्बन्धित उच्च नेतृत्वलाई कुनै जानकारी नै नदिई समितिले गरेको निर्णयले समस्या पार्ने भन्दै प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो ।