अन्य

८० वर्षीय ज्येष्ठ नागरिक बाँसको चोयाबाट सोली निर्माण गर्दै

१६ माघ, सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चौताराडाँडाका ८० वर्षीय ज्येष्ठ नागरिक बाबुलाल घिसिङ बाँसको चोयाबाट सोली निर्माण गरि आफ्नो जिबिका चलाउदै आइरहेका छन् ।

पुर्खेउली पेशालाई ८० वर्षको उमेर सम्म पनि निरन्तर गरिरहेको घिसिङले ६८ वर्ष अगाडि प्रतिगोटा पाँच मोहोरमा बेचेको सोली अहिले रु एक हजारमा बेच्ने गरेको बताउ छन् । उहाँले डोको, डालो, मान्द्रो, छुर र भकारी निर्माण गर्ने गरेका छन् ।

तस्बिरः राधिका बुढाथोकी-रासस