विचार/ब्लग

कुरा बुझ्न ढिला नगर्नुस, ओली-प्रचण्डले तपाईंलाई अभिमन्यु नै बनाउनेछन्

बिनोद त्रिपाठी/ नेपाली सेनाको साथ लिएर सम्पुर्ण प्रक्रिया बदल्न तपाईंलाई ठुलो अवसर अझै छ । यो वाहेक अर्को कुनै विकल्प छैन । तपाईंले अहिले हासिल गरेको उच्च लोकप्रियताको केन्द्रविन्दु सिंगो शताब्दीमा पनि जोकोहिलाइ मिल्दैन । यो कोणबाट तपाईं पृथ्वीनारायण शाहपछिको अर्को भाग्यमानी नेपाली हो । अहिले सिंगो नेपाल मुलुक तपाईंको बिरोध र समर्थन गर्नेगरि दुईभागमा बांडिएको छ । बिरोध गर्नेले पनि तपाईंको क्षमता नापिसकेका छन् । त्यसैले त बिरोध गर्नेले तपाईंलाई रोक्न चाहन्छ्न ।
तपाईंसंग अहिले नेपाल मुलुक बनाउने एउटा मात्र विकल्प छ । त्यो हो, नेपाली सेनासंग वार्ता गर्ने र मुलुकको बागडोर सम्हाल्ने । यो कदममा तपाईंलाई एकाध दलका नेता कार्यकर्ता बाहेक सबै नेपाली नागरिकको साथ हुनेछ । किनकी जनता यहि व्यवस्था र यहि पारा देखेर अति दिक्क छन् ।
तपाईंको अहिलेको लोकप्रियताप्रति नेपाली सेनाले भरोसा पक्कै गर्नेछ । नेपाली सेनाका लागि अहिले तपाईं बाहेक बिश्वासिलो अर्को कोहि व्यक्ति छैन । मलाई लाग्छ, यो बिषय सेनाले राम्रोसंग बुझेको छ । अब मुलुक यहि खराब राजनीतिले चल्नेवाला छैन । अहिले त झन यति फोहोरी राजनीति खेल शुरु भयो कि जनताले हेर्नै सकेका छैनन् । तपाईंले आफ्नो दललाई यो दलदलबाट बाहिर निकाल्नुस् ।
तपाईं यहि प्रणालीमा मन्त्री भएर केहि हुनेवाला छैन । झन झन गालि मात्र खानुहुनेछ । तपाईं माथि दर्जनौं मुद्दा हातमा लिएर बसेका छ्न । तपाईंले न प्रणाली बदल्न सक्नुहुनेछ न काम १ यहि नियम, प्रणाली र संविधानमा बसेर तपाईंले केहि गर्न सक्नुहुन्न । यो ग्यारेन्टी छ । यो कुरा बुझ्न ढिला नगर्नुस । ओली, प्रचण्डले तपाईंलाई अभिमन्यु नै बनाउनेछन् ।
नेपालमा पहिलो पटक मैले नै तपाईंलाई नेपाली सेनाको साथ लिएर मुलुक हांक्ने यो अवसरको आँखा देखाएको छु । यो बिषय अरु कसैले न उच्चारण गरेका छन् , न यो बाटो देखेका छन् । जब तपाईं यो बाटोमा जानुहुनेछ जनताको पुर्ण साथ हुनेछ भने सेनाले पुरै सहयोग गर्नेछ ।
तपाईंको यो लोकप्रियता र क्षमतालाई मन्त्री सन्त्रीको स(साना बिषयमा नअल्झाउनुस । जब मन्त्री बन्नुहुन्छ अनि तपाईंलाई अनेक आरोप लगाउनेहरुले खेल्ने मौका पाउनेछन् । झन झन संकट मात्र आइलाग्नेछ । यो देशका खराब मानिसलाई तह लगाउन र यो देशमाथि खेल्न नदिन तपाईं आफैले सिँगो देश हांक्ने अति फराकिलो सोच बनाउनुस । तपाईं माथि आएको यो ऎतिहासिक अवसर बुझ्न ढिला नगर्नुस । अबको केहि बर्ष नेपालको लागि, नेपाली जनताको लागि र तपाईंको लागि यो भन्दा अर्को कुनै विकल्प छैन ।