राजनीति

कांग्रेसका नेता एवम् पूर्वसांसद कर्मा घलेको निधन

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराएका घले ५९ वर्षको उमेरमा निधन भएको हो ।

उनी केही समयदेखि नेपालमै उपचाररत थिए । मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको हो । मनाङका स्थायी निवासी घले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

तर, क्यान्सरका कारण अधिकतम उपचारमै समय बिताउन पर्दा संसद्मा उनले पूर्ण कार्यकाल सक्रिय भूमिका निभाउन पाएनन् ।