राजनीति

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाँदै

२४ माघ, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन् । रक्षामन्त्री उप्रेती फागुन १ गते भारत जान लागेका हुन् ।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नियमित भ्रमणका लागि रक्षामन्त्री भारत जान लागेको बताइन् ।

‘यही एजेन्डामा यही निर्णय गर्ने भन्ने छैन । दुई देशको सुरक्षासम्बन्धी नियमित बैठकमा सहभागी हुन जाँदै हुनुहुन्छ,’ मन्त्री शर्माले भनिन् । रक्षामन्त्री फागुन ५ गते स्वदेश फर्किने छन् ।