समाचार

काँग्रेस संसदीय दलको बैठक स्थगित

२५ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको बुधबार सूचनामा संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका हुन् ।

पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।