समाचार

राष्ट्रपति भण्डारीले गरिन् षडानन्द र योगमायाको सालिक अनावरण

२५ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्ति योद्धा योगमायाको सालिक अनावरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो-१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको अवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गरेकी छन् ।

षडानन्द नगरपालिका-१ मझुवा बेँसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गरेका छन् । यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।