समाचार

ओली–दहाल उच्च स्तरीय समितिको बैठक सिंहदरबारमा, राष्ट्रपति आफ्नो पार्टीलाई पार्न एमालेको लचकता

२६ माघ, काठमाडौं । सरकार घटक गठबन्धन दलहरुको उच्च स्तरीय संयन्त्रको बैठक आज सिंहदरबानरमा बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिईकन सरकारबाट बाहिरिएको अवस्थामा उक्त पार्टी उक्त संयन्त्रको बैठकमा सहभागी हुन्छ कि हुँदैन जे भएपनि रिक्त मन्त्रीहरुको पदपूर्तिलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई बिश्वासको मत दिएपनि राष्ट्रपति निर्बाचनमा आफ्नो उम्मेद्वार उठाउने निश्चित भएक बेला गठबन्धनलाई साथमा लिएर कसरी राष्ट्रपतिमा आफ्नो मान्छे पुर्याउने भन्नेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेका छन् । नयाँ सत्तारुढ गठबन्धन टुटेमा राष्ट्रपतिमा असर पर्ने भन्ने एमालेले ठान्दै प्रधानमन्त्री पुष्पकमल दहाललगायत गठबन्धनलाई मनमोटाव हुन नदिने रणनीतिमा एमाले अध्यक्ष लागिपरेका छन् ।

फागुन २५ गतेसम्म एमालेले सबै दलहरुसँग आफ्नो उम्मद्वारलाई राष्ट्रिय सहमती कायम गर्दै राष्ट्रपति बनाउन जोडदार रुपमा लागि परेको छ त्यसका लागि माओबादीले गरेको सहमतीमा राष्ट्रपति बनाउने निर्णय एमालेका लागि प्रत्युत्पादक नहोस् भन्नेमा एमाले अध्यक्ष चनाखो छन् । आजको बैठकले यस्तै पछिल्ला राजनीतिक बिषयमा छलफल गर्ने बताईन्छ ।

पछिल्ला दिनमा ओली दहालका भेट पुन: बाक्लीएका छन् । रबि लामिछानेलाई गृहमन्त्री नदिएपछि ओली–दहालबीचका भेट पातलीएका थिए ।