२६ माघ, काठमाडौं । काठमाडौंको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार विहान हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ ।
थापाले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या भएको प्रहरीले जनाएको छ ।थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।





