समाचार

चिकित्सकमाथि लाठी प्रहार गर्ने प्रहरी गुरुङ निलम्बित

२८ माघ, काठमाडौं । चिकित्सकमाथि लाठी प्रहार गर्ने जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवलदार शम्भुजंग गुरुङ निलम्बित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डुटी हिडेका नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि कुटपिट गर्ने जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । डा. सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।