राजनीति

लोसपाका नेता डा. शरद यादव जनमत पार्टीमा प्रवेश

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता डा.शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टी कार्यालयमा पार्टी प्रवेश गराएका हुन् ।

लोसपा पार्टी अव्यवस्थित र असङ्गठित हुनुका साथै चलायमान समेत नभएकाले पार्टी छाड्न बाध्य भएको उनले बताएका छन् । मधेसका लागि केही गरौँ भनेर पार्टीमा लागेको भए पनि लोसपामा काम गर्ने कुनै योजना र तयारी नदेखिएको बताउँदै उनले नेताहरू सत्ता बार्गेनिङमा मात्रै रुमलिरहेको आरोप लगाए ।