१६ फागुन, काठमाडौं । पूर्वमन्त्री बद्री प्रसाद न्यौपाने भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालतले आज समाज कल्याण मन्त्री बनेका बेला कांग्रेस सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङसहित न्यौपालीलाई भ्रष्टाचारी ठहर गरेको हो ।
३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदाबीसहित परेको मुद्धामा उनीहरुलाई भ्रष्टाचारी ठहर भएको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको संयुक्त इजलासले तत्कालीन चुरेभावरका र अहिले आम जनता पार्टीका नेता रहेका न्यौपानेलाई भ्रष्टाचारी ठहर गरेको हो ।





