१७ फागुन, काठमाडौं । १४ वटा जिल्ला मिलेर बनेको प्रदेश न: १ त्यही अवस्थित खोटाङ अत्तिनै शुन्दर र रमणीय रहेको छ । यसको सदरमुकाम दिक्तेल बजार हो । यहाँ २ नगरपालीका, ८ गाउँपालीका र ७६ वटा वडा कार्यलयहरु रहेको छ । यस जिल्लाले एक हजार ५९१ वर्ग कि.मि. भू–भाग ओगटेको छ । खोटाङमा एक लाख ७५ हजार ३४० जनाको हाराहारीमा जनसङ्ख्या रहेको छ र यहाँ लामीडाँडा, खानीडाँडा र थामखर्क गरेर तिनवटा बिमानस्थलहरु छन् । खोटाङ्मा स–साना दूई ताल छन्, जुन बराहपोखरी र छितापोखरी रहेको छ । खोटाङ पूर्वमा भोजपूर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुरसंग जोडिएको छ भने माझमा अवस्थित खोटङमा बिभिन्न जात–जाती र भाषा–भाषीहरुको बसोवास रहिआएको छ ।
हलेसी मन्दिरलाई राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रवल सम्भावना रहेको छ । हलेसी मन्दिर नेपालको प्रसिद्ध धार्मिक स्थल हो । हिन्दु तथा बौद्ध धर्ममा आस्था विश्वास राख्ने भक्तजनहरु आन्तरिक र बाह्य बिशेषगरी भारतका बिभिन्न ठाँउबाट हलेसी मन्दिरमा आउने गर्दछन् । हलेसी मन्दिर खोटाङको सदरमुकाम दिक्तेल बजारबाट करिब ९ कोष टाढा पश्चिममा अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व हलेसी तुवाचुङ नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ७ का महादेवस्थान हलेसी गाउँमा पर्छ । हलेसी मन्दिर समुद्री सतहबाट ४ हजार ७ सय ३६ फिटको उचाईमा रहेको छ । हलेसी मन्दिर गुफाको रुपमा रहेको छ र हलेसी गुफाको प्राकृतिक भू–बनोटको संरचना विश्वकै अनौठो मानिन्छ । हिन्दू धर्मावलम्बीहरुले हलेसी मन्दिरलाई पूर्वको पशुपति, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीहरुले आदिम भूमि भनेर मान्दछन् । किराँत, बुद्ध र हिन्दू धर्मको संगमस्थल मानिले हलेसी मन्दिरको मुख्य भाग करिब २६ रोपनी भू–भागमा पैmलिएर रहेको छ ।
प्राकृतिक सम्पदाको धनी खोटाङ र त्याहि अवस्थित हलेसी मन्दिर प्राकृतिक सुन्दरताको मनोरम दृश्यको धनी रहेको छ । देशको पूवी भेग तथा नेपालभर अनि भारतका बिभिन्न ठाँउबाट हलेसी मन्दिर मानिसहरु आउने गर्दछन् । मनमोहक हलेसी मन्दिर प्राकृतिक सम्पदाले भरिपूर्ण र प्राकृतिक रुपले सू–सजित र बिभिन्न किसिमका अनौठा र आर्कषण रुपमाले सिलामा कुदिएको प्राकृतिक मूर्ति लगायत अन्य बिभिन्न किसिमका आकृतिहरुले बिशेष सौन्दर्य झल्काएको छ । हलेसी मन्दिरमा बिशेषत: महादेब, बसाह र भैरवका तीन वटा गूफाहरु रहेका छन् ।
हलेसी मन्दिरमा दर्शन गरेमा बिभिन्न रोग, दु:खबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने लगायतको जनविश्वास रहेको छ । महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रुप धारण गरी भगवान बिष्णु कैलासबाट यस ठाँउमा आएको शास्त्रीय मान्यता छ । र मोहनीले राक्षसलाई झुक्याएर भश्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास छ । त्यो गुफालाई भष्मासुर गुफा पनि भनिन्छ । हलेसी मन्दिरमा राम नवमी, बाला चतुर्दशी, शिबरात्री र तिजमा बर्षै पिच्छे बिशेष मेला लाग्ने गर्दछ । यस मेलाको बेलामा दर्शन गर्न र मेलामा सहभागी हुन देश तथा विदेशका बिभिन्न ठाँउहरुबाट समेत तीर्थयात्रीहरु तथा पर्यटनहरु आउने गर्दछन् । हलेसी मन्दिरमा पूजा गरेपछि मनोकाँक्षा पूरा हुने आम जनविश्वासमा रहिआएको छ ।
हलेसी मन्दिरसम्म पुग्नको लािग नेपालको ठुला सहरहरु काठमाण्डौँ र बिराटनगरबाट ५० मिनेट हवाई दुरी पार गरेर खोटाङको सदरमुकाम नजिकमा रहेको मनमाया (खानिडाँडा) बिमानस्थलमा उत्रेर दिक्तेल बजारहुदै साडे दूइ घण्टाको मोटर यात्रा पारगरेर पुग्न सकिन्छ । त्यसैगरि पूर्वको बिभिन्न सहर जस्तै धरान, ईटहरी र बिराटनगरबाट ६, ७ घण्टाको मोटर यात्रा पारगरेर आईपुग्न सकिन्छ भने काठमाण्डौँबाट पनि बि.पी. राजर्माग हुँदै सरदर ७ ,८ घण्टाको मोटर यात्रा पार गरेर पुग्न सकिन्छ । हलेसी मन्दिर दर्सन र्गन आउने र घुम्न आउने पर्यटकहरुको लागि भनेर अर्गानिक खाना–खाजा, बस्नको लागि राम्रो होटल लज र होमष्टेको पनि सुबिधारहेको छ । एकचोटिको जीवनमा दर्शन गर्नै पर्ने, घुम्नैपर्ने र पुग्नैपर्ने हलेसी मन्दिर प्रकृतिको शुन्दर मनोरम दृश्य हेरेर पुण्य कमाउँ, अनि रमाउँ । देशकै अर्थतन्त्रको मेरुदण्डसमेत बन्न सक्ने हलेसी मन्दिरलाई सरक्षण, प्रबर्धनका लागि सरोकारवालाले बिशेष चासो दिन जरुरी छ । हलेसी माहादेवले सबैको रक्षा गरुन्, धन्यवाद१





