१७ फागुन, काठमाडौं । नेपाली काँग्रेसले बिहीबार आठ राजनीतिक दलका साँसदहरुलाई काठमाडौंको तीनकुनेमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
आज काँग्रेसले समाचार संकलनका लागि मिडियालाईसमेत समाचार संकलनका लागि तीनकुनेस्थीत रोयल ब्याँकेटमा बोलाएको छ ।
राष्ट्रपति निर्बाचनलाई लक्षीत गरि काँग्रेसले काँग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादीलगायतका आठ राजनीतिक दलका साासदहरुलाई आफ्नै ब्यवस्थापनमा बोलाएको छ ।






