सुदूरपश्चिम

कैलालीमा  बसले ठक्कर दिँदा एक जनाको मृत्यु

२० फागुन, धनगढी ।  कैलालीमा स्कुल बसले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही गाउँका  ६५ वर्षीय बाटुबट्टे आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकारअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका आले मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरूले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन पूर्ण रूपमा बन्द भएको छ।