समाचार

मुख्यमन्त्रीमा काँग्रेसका शाहले पाए ४१ मतसहित बिश्वासको मत, बिपक्षमा मात्र ११ मत

२१ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ४१ मतसहित बिश्वासको मत प्राप्त गरेका छन् ।
उनले धारा ७६ को ३ अनुसार मुख्यमन्त्री बनेपछि बिश्वासको मत लिनुपर्ने संबैधानिक ब्यवस्था अनुसार आज बिश्वासको मत लिदा ४१ मतसहित बिश्वासको मत पाएका छन् ।
बिपक्षमा भने जम्मा ११ मतमात्र परेको छ । एमालेका मुख्यमन्त्रीले बिश्वासको मत पाउन नसकेपछि काँग्रेसका शाह मुख्यमन्त्री बनेका थिए । बिश्वासको मतका लागि जम्मा २७ मतकोमात्र आवश्यक्ता हुनेभएपछि शाहले भारी मत पाएका छन् ।