२३ फागुन, काठमाडौं । नेपाली काँग्रेस–माओबादी केन्द्रसहितका ९ दलीय गठबन्धनले बुधबार ११ बजेसम्म काठमाडौं आईपुग्न गठबन्धनका मतदातालाई निर्देशन दिएको छ ।
आज बसेको गठबन्धन दलका नेताहरुको बैठकले २५ गते सम्पन्न हुनलागेको राष्ट्रपति निर्बाचनमा मतदान गर्न बुधबारसम्ममा उपस्थिति हुन निर्देशन दिएके हो ।
गठबन्धन दलका तर्फबाट बैठकमा उपस्थित काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन दलका सबै मतदातालाई २४ गते बिहानसम्म काठमाडौं आउन निर्देशन दिइएको र काँग्रेसबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका बरिष्ठ नेता रामचन्द्र पौडेलले अतयाधीक मतले बिजयी हुने बताए ।
आज गठबन्धन दलको सिंहदरबारस्थीत काँग्रेस संसदीय दलको बैठक बसेको थियो ।





