समाचार

पूर्वमन्त्री न्यौपानेलाई अदालतको ९ बर्ष कैद र ठेकेदार गुरुङलाई जरिवानाको फैसला

२५ फागुन, काठमाडौं । बिशेष अदालतले पूर्वमन्त्री बद्री न्यौपानेलाई ९ बर्ष कैद सजाय सुनाएको छ । ठेकेदार तथा मनाङबाट गत निर्बाचनमा बिजयी भएका साासद टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरीवाना सुनाएको छ ।
पुर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद सजाय सुनाएको छ ।
भृकुटीमण्डप घोटालामा मन्त्ती र पूर्वमन्त्रीहरुलगायतलाई अदालतले सजाय सुनाएको छ ।