समाचार

सगरमाथाको नाम राख्ने हक्कि बिद्वान एबम् ऐतिहाशिक ब्यक्तीत्व इतिहाशसिरोमणि आचार्यको जन्यजयन्ती आज

२९ फागुन, काठमाडौँ । इतिहास सिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्ती आज भब्य रुपमा मनाईदैछ ।
सगरमाथाको नाम राख्ने शिरोमणि आचार्यको १३६ औं जन्मजयन्तीका अवशरमा नेपाल एकेडेमी र इतिहास सिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानबीचको सहकार्यमा कार्यक्रम सम्पन्न हुने लागेको हो ।
नेपाल एकेडेमीका कुलपति भूपाल राईको सभापतित्वमा सम्पन्न हुन गईरहेको कार्यक्रममा प्रा डा जगमान गुरुङ, प्रा डा त्रिरत्न मानन्धर, प्रा सुरेन्द्र केसी, पूर्व राजदूत राजेश्वर आचार्यलगायत बौद्धिक ब्यक्तीहरुको प्रवचन दिने प्रतिष्ठानका कोषाध्यक्ष कञ्चन शर्माले जानकारी दिएकी छन् । १९४४ साल फागुन २९ गते काठमाडौंमा जन्मिएका स्व.सिरोमणि आचार्यले हाम्रो राष्ट्रभाषा नेपाली, दिब्य उपदेश, श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाहको संक्षीप्त जीवनी, अव यस्तो कहिल्यै नहोस्, नेपालको संक्षीप्त बृतान्त, चीन–तिब्बत र नेपाल, भीमसेन थापालगायतका महत्वपूर्ण पुस्तकहरुसमेत लेखेका छन् ।
नेपाल एकेडेमी, इतिहाशसिरोमणि प्रतिष्ठान मिलेर बिगतदेखी नै जन्मजयन्तीलगायतका कार्यक्रमहरु गर्दै आईरहेका छन् । सिरोमणि आचार्यलाई नेपालको साँचो इतिहास लेख्ने हक्की बिद्य्वानको रुपमा पनि चिन्ने गरिन्छ ।