आर्थिक

मुक्तिनाथ विकास ग्राहकलाई सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” मा विशेष छुट

५ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” सँग विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” मा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट र “सुर्यविनायक मेडिकल स्टोर” विभिन्न सेवाहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको VISA Network बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।