बाग्मती

रिदेन महर्जनको सकृयतामा महाकवि गिरिजा प्रसाद जोशीको ८५ जन्मदिन सम्पन्न

७ चैत्र, काठमाडौं । रत्न राज्यलक्ष्मीक्याम्पसको सुकुन्दा साहित्य पाःलाःको आयोजनामा महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती नारायण परिवार क्लब ओन्दे टेकूमा शनिबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बजाचार्यले सुकुन्दाबालेर सुरु गरिएको कार्यक्रममा नेवाः विद्यार्थी युनियनका संस्थापक सदस्य मनिष मानवले करिब सत्रबर्षपछि सुकुन्दा बार्षिक पत्रिका प्रकाशनकासाथै महाकवि गिरिजाप्रसाद जोशीको जन्म जयन्ती मनाउने कार्य सह्रानिय रहेको जनाए । साहित्यबाट जनताहरुलाई उठाउने मात्रै कार्य गर्ने भएकाले उचित गाइड लाइनका लागि नेवारहरुले राजनीति गरेर हरेक मुद्धा सम्बोधन हुने तरिकाले राजनीति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि महाकवि गिरिजाप्रसाद जोशीको पुत्र यच्चु जोशीले नेपाली जनताले हाम्रो देशको इतिहास राम्ररी नबुझीकन राजनीति गरिरहकाले देशमा ठूलो परिवर्तन पटक पटक भएता पनि परिवर्तनको खासै महसुस नभएकोले नेपालको राजनीतिलाई नेताहरुले सही ढंगले बुझेर जानु पर्ने आज आवश्यकता रहेको जनाए ।

सुकुन्दा साहित्य पाःलाःका सचिव तथा कार्यक्रमका संयोजक रिदेन महर्जनले नेपाल सरकार, स्थानीय सरकार तथा जनस्तरले समेत महाकवि गिरिजा प्रसाद जोशीको जन्मजयन्ती मनाउनुमा कन्जुस्याइ गरेको जनाउदै सञ्चालन गरिएको कार्यक्रममा अतिथि मदनसेन बज्राचार्यले महाकवि गिरिजाप्रसाद जोशी एक सशक्त जन साहित्यकार भएको जनाए । महाकविको साहित्यिक कृतिको अध्ययन गर्दा शोषण उत्पीदन दमनले कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रस्तुत गरिएकाले अन्य अप्रकाशित कृति प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

नेवाः बस्ती नेवाः अभियान एवम् नेवाः विद्यार्थी युनियनका सल्लाहकार दिपक तुलाधरले अहिलेका युवाहरु पनि नेपालभाषा अभियानमा सकृय हुनुले मातृभाषा संरक्षणमा सहयोग पुगेको जनाउँदै साँखु नगरपालिकामा नेपालभाषा कक्षा अभियानमा महाकवि गिरिजा प्रजाद जोशीको पुत्रद्वय यच्चु जोशी समेत अभियानमा जोडिरहेको राम्रो पक्ष रहेको जनाउँदै महाकवि गिरिजा प्रसाद जोशीलाई श्रद्धाञ्जली व्यक्त गर्दै सुकुन्दा साहित्य पाःलालाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद एवम् बधाई दिए ।

सभापति प्रशान्त डंगोलले नेपालभाषा क्षेत्रमा नेपाली साहित्यकार भन्दा धेरै पुराना अग्रज साहित्यकार, विद्वान तथा अनुसन्धान कर्ताहरुको योगदानको उचित मुल्यांकन समयमै हुन नसक्दा धेरै नेपालभाषा क्षेत्रका व्यत्तित्वहरु गुमरामा पर्न बाध्य भएको जनाए । नेपालभाषा क्षेत्रमा धेरै संघसंस्थाहरु भएता पनि बहुप्रतिभाका धनी महाकवि गिरिजाप्रसाद जोशीको सम्झनामा जन्म जयन्ती नमनाएको प्रति खेद प्रकट गरे । सुकुन्दा साहित्य पाःलाःले महाकविको जन्म जयन्ती मनाएर नयाँ कार्यको निरन्तरताको लागि नयाँ पिढिहरुलाई कार्यक्रम गर्न आग्रह गरेर समापन गरेको थियो ।