प्रदेश 1

इनरुवा समाजको अध्यक्षमा पोख्रेल, महासचिवमा घिमिरे, यस्तो बन्यो पुरा टिम

२५ चैत, काठमाडौँ । आज इनरुवा सेवा समाजको समिति गठन भएको छ । आज काठमाडौंमा एक भब्य कार्यक्रमकाबीच समाजको गठन गरिएको हो ।


गोपाल प्रसाद पोखरेलको अध्यक्षतामा गठीत समाजको उपाघ्यक्षमा पुस्कर पोखरेल, बिष्णु कुमारी भट्टराई चुनिएका छन् ।
यस्तै महासचिवमा सुमन घिमिरे, सचिवमा सन्जय अटल, कोषाध्यक्षमा पशुपति भण्डारी, सह कोषाध्यक्ष सरला बस्नेत चुनिएका छन् ।


यस्तै सदस्यहरुमा कृष्णहरी शर्मा, देवराज निरौला, प्रकाश पोखरेल, निरज गुप्ता, मनोज कुमार चौधरी, कौशल कुमार भट्टराई, कृष्ण प्रसाद पोखरेल, राजेश पोखरेल चुनिएका छन् ।


आज काठमाडौंको एक पार्टी प्यालेशमा आयोजीत प्रस्ताबित इनरुवा समाजको पाँच सय भन्दा बढी इनरुवाबाट काठमाडौं आई बसोबास गर्ने बिभिन्न पेसा, ब्यावशाय समाजसेवामा लागेकाहरुको भेलाले नयाँ तदर्थ समिति गठन गरेको हो ।


कार्यक्रममा नेपाली काँग्रेसका सुनसरी क्षेत्र नम्बर ४ का साँसद ज्ञानेन्द्र बहादुर कार्की, कोशी प्रदेशका पुर्व मुख्यमन्त्री एबम् सुनसरी क्षेत्र नम्बर २ का साँसद भीम आचार्यलगायत लब्ध प्रतिष्ठीत ब्यक्तीहरुको उपस्थिति थियो ।


कार्यक्रम सँचालन सुमन घिमिरेले गरेका थिए भने कार्यक्रममा भीम आचार्य र ज्ञानेन्द्र बहादुर कार्कीले समाज गठनको शुभकामना दिएपनि राजनीतिकबाट बाहिर नै राखिएको थियो । सुनसरी जील्लाको सदरमुकाम इनरुवाबाट काठमाडौं उपत्यका आई बसोबास गर्नेहरु १० औं हजार भएको अनुमान गरिन्छ ।