समाचार

प्रधानन्यायधीश नियुक्तीका लागि बसेको बैठक बिना निस्कर्ष सकियो

६ बैसाख, काठमाडौं । संबैधानिक परिषदको बैठक बिबना निष्कर्ष टुंगीएको छ । प्रधानन्यायधीश नियुक्तीलगायतका बिषयमा छलफल गर्न आज बिहान संबैधानिक परिषद बैठक बसेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षताको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको थियो ।
प्रधानन्यायाधीश नियुक्तीको बिषयमा छलफल भएको भएपनि यस बिषयमा कुनै निर्णय नभएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
दिन र समयको टुंगो नलागेपनि बैठक तत्कालै वा केहीदिनमा पुनः समन्वय गरेर बस्नेछ ।